भुक्तानी रकम लिन आउन बीमितलाई नेशनल लाइफको आग्रह
२४ चैत्र २०८२, मंगलवार १३:४०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गतको भुक्तानी रकम लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले पूर्ण अवधि भुक्तानी दाबी/आंशिक दाबी भुक्तानी/चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित/हकवालाहरूलाई आवश्यक कागजात सहित कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी बीमालेख अनुसारको उक्त रकम लिन आउन आग्रह गरेको हो।











