निलम्बन हुने व्यवस्था ओभरटेक गर्दै जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित

२४ चैत्र २०८२, मंगलवार १६:१२

काठमाडौं । तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था ओभरटेक गर्दै जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भएकी छिन्।

स्वाीथ्य बीमा बोर्डको ऐनमा ‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ ।’ व्यवस्था रहेको छ।

बीमा बोर्डको सदस्यमा मनोनीत भएकी जुनु श्रेष्ठ ११ पटक बैठकमा उपस्थित भइनन् । ४ वैशाख २०८१ मा बीमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई नै आवश्यक कार्यान्वयनका लागि पत्र काटेको थियो । तर एकाएक जुनुले सोमबार बसेको बैठकमा उपस्थित जनाइन् ।

जुनुलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

जानकारी नदिई तीन पटक बोर्ड बैठकमा अनुपस्थित भएमा उक्त पद रिक्त हुने व्यवस्था रहेको भन्दै नियम बमोजिम आवश्यक कार्यान्वयनलाई तत्कालीन बोर्डका निर्देशक डा। रघुराज काफ्ले स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका थिए ।

जुनु श्रेष्ठको पद रिक्त रहेको खुलाएको पत्र ।उक्त पत्रमा भनिएको छ, ‘२०८१ पुस १ गतेदेखि चालू आव २०८१ र ०८२ को चौथो बोर्ड बैठकदेखि हालसम्म एघारौँ बोर्ड बैठक बसिसक्दा लगातार अनुपस्थित रहेको देखिन्छ । बोर्डको सदस्यको अनुपस्थितिले यस बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित हुँदै आएको छ ।’

भौतिक रूपमा उपस्थिति नभएपछि जुनुलाई हटाएर बोर्ड सदस्यबाट रिक्त बनाइएको थियो । उनी हटाइएपछि अहिले एक सदस्य पद रिक्त राखिएको छ । उनको नाम बीमा बोर्डको वेबसाइटमा समेत छैन । तर उनले भने सोमबार बोर्डमा बैठकमा उपस्थिति जनाइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*