घुससहित रंगेहात समातिएका बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्लविरुद्ध मुद्दा

२४ चैत्र २०८२, मंगलवार १६:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं। ७ स्थित एक विद्यालयको चार कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। प्राप्त उजुरीका आधारमा आयोगको बुटवल कार्यालय अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा मल्लले बारबर्दिया नगरपालिका–रम्भापुरस्थित विद्यालय भवनको नापजाँच, बिल तयार तथा पास गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुर ठहर गर्दै आयोगले मल्लविरुद्ध बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*