बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन अर्थमन्त्रीले देखाएनन् चासो

काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष नियुक्ति प्रकृया अघि बढाउन चासो नदिएको पाइएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले अर्थमन्त्री स्वर्णीम वाग्लेसँगको भेटवार्तामा लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदको बिषयमा जानकारी दिन पाएनन् । छोटो समयको भेटवार्ता भएको कारण प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले यस बिषयमा अर्थमन्त्री वाग्लेलाई जानकारी दिन पाईनन् ।
नियामक निकायहरुसँग भेटवार्ताको क्रमममा बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अर्थमन्त्री वाग्ले सम्क्ष प्राधिकरणको बिषयमा विस्तृत जानकारी दिन नपाएको पाइएको हो । पछिल्लो समय सबैको गुनासो सुन्ने योजना बनाएको स्वर्णिम वाग्लेले बीमा प्राधिकरणमा भएका गतिविधि भने नजिकबाट नियाल्न पाएका छैन ।
राष्ट्र बैंकको डेपुटी गभर्नरमा आज बसेको मन्त्रिपरिषद्को बैठकले किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । राष्ट्र बैंकको डेपुटी गर्भनर नियुक्ति प्रकृयामा चासो देखाएको अर्थमन्त्रीले प्राधिकरणको अध्यक्ष नियुक्तिमा भने कुनै चासो नदिएको पाइएको छ। लामो समयदेखि सरकारका उच्च तहका कर्मचारीहरुले दैनिक एक देखि दुई घण्टा समय दिँदै आईरहेका छन् ।
यो बर्षमात्रै एक दर्जन अध्यक्ष नियुक्त भएका प्राधिकरणका अस्थिर नेत्तृवको कारण दर्जनौं कामकारवाही रोकिनु परेको छ।











