लापसे गरी गाडी चलाउने ६ जना चालक पक्राउ

२५ चैत्र २०८२, बुधबार १०:१७

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंम्बर १५ वाफल रिपुमर्दन पेट्रोल पम्प अगाडी गरिएको लागू पदार्थ सेवन (लापसे) चेकिङमा ६ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सार्वजानिक यात्रुवाहक सवारी साधन (भाडा बस) चालक ३ जना र भाडा माइक्रोबस चालक ३ जना रहेका छन्। पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त स्वयम्भु पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी वृत स्वयम्भुको संयुक्त टोलिले उक्त चेकजाँच गरेको हो।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ। साथै चालकले लापसे गरी गाडी चलाएको शंका लागेमा तत्काल खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*