शेरबहादुर देउवा र आरजू राणा विरुद्ध पक्राउ पुर्जी जारी

२५ चैत्र २०८२, बुधबार १३:१४

काठमाडौं । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

गैरकानूनी रूपमा अकूत सम्पत्ति आर्जनको सिलसिलामा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको हो।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारी देउवा निवासमै प्रवेश गरेर देउवा दम्पत्तिलाई रगताम्मे हुने गरी कुटपिट गरेका थिए भने उनको निवासमा रहेको असंख्य मात्रामा पैसा जलाइदिएका थिए। हाल देउवा दम्पत्ति उपचारको लागि भन्दै विदेशमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*