विदेश जाँदा अब यी कागजात अनिवार्य बोक्नुपर्ने

काठमाडौं । अबदेखि नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकले अध्यागमनमा थप कागजात पेश गर्नुपर्ने अनिवार्य गरेको छ। वैदेशिक रोजगार विभागले यही चैत २९ गतेदेखि लागू हुने गरी थप आवश्यक कागजात बोक्नुपर्ने व्यवस्था कायम गरेको हो।
गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राख्ने) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै गरेकाले सो संस्थालाई वैदेशिक रोजगारीमा लागि बुझाइएको सेवा शुल्क बापतको आधिकारिक रसिद (संस्थागत श्रम स्वीकृति लिई जाने श्रमिकहरूले अनिवार्य साथमा राख्ने) सूचनामा भनिएको छ।
साथै सबै इजाजतपत्रप्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्क बापतको भौचर/रसिद/भरपाई अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ।












