सरकारले बढायो सार्वजनिक यातायातको भाडा
२५ चैत्र २०८२, बुधबार १४:३६

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडा निर्धारण गरिएको हो।
नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।
अब सर्वसाधारणले यात्रा र सामान ढुवानी गर्दा नयाँ भाडा अनुसार शुल्क तिर्नुपर्नेछ।












