पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक, कस्तो होला आगामी यात्रा ?

२५ चैत्र २०८२, बुधबार १५:०५

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ ।

आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिहरू स्वभावमा आवश्यक र सकारात्मक भए पनि कार्यान्वयन शैलीले बजारमा त्रास सिर्जना गरेको छ। बैंकिङ कारोबारमा कडाइ, निगरानी विस्तार र कानुनी कारबाहीको संकेतले ठूला लगानीकर्तालाई सतर्क बनाएको विश्लेषकहरू बताउँछन् ।

यसैबीच केही व्यवसायी पक्राउ पर्नु, अनुसन्धानका विषय सार्वजनिक हुनु र गोप्य प्रक्रियाहरू खुला रूपमा प्रस्तुत हुनुले बजारमा नकारात्मक सन्देश प्रवाह गरेको छ। जब अनुसन्धान प्रक्रिया नै सार्वजनिक बहसको विषय बन्छ, त्यसले केवल दोषीलाई मात्र नभई निर्दोषलाई पनि त्रसित बनाउँछ ।

पुँजी बजार केवल आर्थिक सूचक मात्र नभई समग्र अर्थतन्त्रमा विश्वासको आधार पनि हो। यही अस्थिरताले अर्थतन्त्रको अन्य क्षेत्रमा पनि मनोवैज्ञानिक प्रभाव पार्न सक्ने विशेषज्ञहरू चेतावनी दिएका छन्। तर, सरकारको १०० दिने कार्यसूचीमा पुँजी बजारसम्बन्धी ठोस योजना नसमेटिनु लगानीकर्ताबीच अनिश्चितता र असुरक्षा बढाएको छ।

तर केही लगानीकर्ताहरूले अहिलेको समय शेयर खरिदको अवसर भएको विश्वास व्यक्त गरेका छन्। स्थायी सरकार, सहज नियामक नीतिहरू, बैंकको ब्याजदर कम हुनु र अर्थमन्त्रीको सकारात्मक दृष्टिकोण हुँदा बजारले दीर्घकालीन रूपमा बुलको यात्रा तय गर्ने अपेक्षा गरिएको छ। अहिलेको गिरावट डरका कारण भएकाले दीर्घकालीन लाभका लागि शेयर खरिद गर्न उपयुक्त समय रहेको उनीहरूको बुझाइ छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अकंले बढेर २८०२.५२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.१५ प्रतिशत, विकास बैंकको १.९८ प्रतिशत, फाइनान्स समूहको १.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बुधबार २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

एसवाई प्यानल र रिलायन्स स्पिनिङ मिल्समा झुम्मिए लगानीकर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*