एनआईबिएल सहभागिता फण्डको इकाई डिम्याट खातामा जम्मा, योजनाको आकारमा पनि वृद्धि

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ।
कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको उक्त फण्डको इकाई लामो समयदेखि लगानीकर्ताको खातामा जम्मा हुन सकेको थिएन। ‘बिज पूँजी’ सम्बन्धी व्यवस्थाका कारण फण्डको इकाई वृद्धि रोकिंदा यस्तो अवस्था सिर्जना भएको कम्पनीले बताएको छ।
नेपाल धितोपत्र बोर्डले गत माघ २ गते जारी गरेको निर्देशिकापछि फण्डको संरचनामा परिवर्तन गरिएको हो। सोहीअनुसार चैत ५ गतेदेखि लागू हुने गरी फण्डको योजना आकार बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) कायम गर्न स्वीकृति दिइएको थियो। यसअघि फण्डको आकार ६ अर्ब रुपैयाँ (६० करोड इकाई) रहेको थियो।
योजनाको आकार विस्तार भएसँगै अब पुनः इकाईधनीहरूको इकाईहरू डिम्याट खातामा जम्मा गरिएको फण्ड व्यवस्थापनले जनाएको छ। साथै लगानीकर्ताले आफ्नो अद्यावधिक इकाई विवरण डिम्याट खाता वा ‘मेरो शेयर’ मार्फत सहजै हेर्न सक्ने व्यवस्था गरिएको पनि कम्पनीले जानकारी दिएको छ।











