एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा इन्द्रकुमार कट्टेल पुनः नियुक्त
२६ चैत्र २०८२, बिहीबार १०:४०

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।
अब उनको दोस्रो कार्यकाल चैत २९ गतेदेखि सुरु हुनेछ । कार्यकाल ४ वर्षको रहनेछ।











