सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२६ चैत्र २०८२, बिहीबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेर प्रतितोला चार हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ ।











