मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२६ चैत्र २०८२, बिहीबार १२:१२

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था बमोजिम ३५ दिन अवधि दिइएकोमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि लिखित निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको जनाएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित धरानको महेन्द्रपथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*