बीमा प्राधिकरण र सञ्चय कोषबीच चुलियो विवाद, २५%सम्म शेयर होल्ड गर्न सक्ने कोषको दाबी

२६ चैत्र २०८२, बिहीबार १४:२८

काठमाडौं । क्रस होल्डिङ शेयरको विषयमा नेपाल बीमा प्राधिकरण र कर्मचारी सञ्चय कोषबीच शेयर थ्रेसहोल्ड भन्दा धेरै होल्ड गरेको बिषयमा विवाद चुलिएको छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले बीमा कम्पनीहरूमा शेयरको क्रस होल्डिङ रहेको भन्दै स्वतन्त्र रुपमा अनुगमन गरिनुपर्ने उल्लेख गरेको थियो ।

सञ्चय कोषले दुई बीमा कम्पनीमा प्राधिकरणको थ्रेस होल्ड भन्दा धेरै शेयर होल्ड गरेको प्राधिकरणले पत्ता लगाएपछि यस बिषयमा प्राधिकरणले पत्र समेत पठाएको थियो ।

प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा कोषले २२ प्रतिशत शेयर होल्ड गरेको छ । यसैगरी, प्रभु इन्स्योरेन्स कम्पनीको पनि २१.६१ प्रतिशत शेयर सञ्चय कोषले होल्ड गरेको छ।

सञ्चय कोषले बीमा ऐनको व्यवस्था भन्दा धेरै शेयर होल्ड गरेपछि प्राधिकरणले उक्त बीमा कम्पनीहरूलाई सञ्चय कोषको स्वामित्व घटाउन भनेर पत्र पठाएको थियो । प्राधिकरणले उक्त बीमा कम्पनीहरूलाई पत्र पठाएपछि सञ्चय कोषले नै प्राधिकरणलाई पत्र पठाएको थियो ।

प्राधिकरणले बीमा ऐनमा व्यवस्था भएको भन्दा धेरै शेयर होल्ड गरेको, एउटै प्रकृतिका दुई कम्पनीमा सञ्चय कोषले ऐन विपरीत शेयर स्वामित्व राखेको पाइएको र त्यसलाई बीमा ऐनमा भएको व्यवस्था अनुसार कायम गर्न निर्देशन दिँदै कम्पनीलाई पत्र पठाएको थियो ।

सञ्चय कोषले आफुले २५ प्रतिशतसम्म शेयर होल्ड गर्न सक्ने दाबी गर्दै प्राधिकरणलाई पत्र पुन प्राधिकरणमा पठाएको थियो ।

आफू विशेष ऐन (कर्मचारी सञ्चय कोष ऐन, २०१९) अनुसार स्थापना भएकाले अन्य ऐन भन्दा विशेष ऐन नै माथि हुने दाबी सहितको पत्र प्राधिकरणलाई पठाएको थियो । कर्मचारी सञ्चय कोषले २५ प्रतिशतसम्म कायम गर्न पाउने र सञ्चय कोष ऐन विशेष भएकाले उक्त दुई कम्पनीमा भएको स्वामित्व घटाउनु नपर्ने दाबी कोषको रहेको थियो ।

यता प्राधिकरणले भने बीमा ऐन पनि बीमा क्षेत्रका लागि विशेष ऐन भएको भन्दै सञ्चय कोषलाई पत्र जवाफ पठाएर दुवै सरकारी निकायबीच प्रश्न उत्तर दिने काम र पत्र पठाउने काम भईरहेको थियो ।
’बीमा ऐन पनि बीमा क्षेत्रका लागि विशेष ऐन हो । बीमा क्षेत्रका लागि बीमा ऐन नै लागु हुन्छ ।’ प्राधिकरणले पठाएको पत्रमा भनिएको छ ।

तर कम्पनीहरुले भने सञ्चय कोषले आफुले २५ प्रतिशतसम्म शेयर होल्ड गर्न सक्ने भन्दै शेयर नघटाईएको दुबै कम्पनीबाट पाइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*