२१ कम्पनीले नेप्सेलाई अझै बुझाएनन् वार्षिक नवीकरण शुल्क, कुन कुन हुन् ?

२६ चैत्र २०८२, बिहीबार १७:२३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ले वार्षिक नवीकरण शुल्क नबुझाउने २१ सूचीकृत कम्पनीको नाम सार्वजनिक गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार बुझाउनुपर्ने शुल्क हालसम्म पनि नतिरेपछि ती कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गर्न पत्राचार गरिएको नेप्सेले जनाएको हो ।

सम्बन्धित कम्पनीहरूले तोकिएको व्यवस्था अनुरूप वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेकाले यसै सूचनालाई आधार मानी जरिवानासहित बक्यौता रकम बुझाउन आग्रह गरिएको हो । निर्धारित प्रावधानअनुसार चुक्ता पूँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीका लागि ५० हजार रुपैयाँ र सोभन्दा माथिका कम्पनीका लागि एक लाख रुपैयाँ वार्षिक शुल्क तोकिएको छ ।

उक्त रकम ग्लोबल आइएमई बैंकमा रहेको ‘Nepse Operating Account’ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । रकम जम्मा गरेपछि सम्बन्धित बैंक भौचर नेप्सेको आधिकारिक इमेलमा पठाउन पनि सूचनामार्फत जानकारी दिइएको छ ।

नेप्सेले तोकिएको समयभित्र शुल्क नबुझाएमा बक्यौता रकममा वार्षिक १० प्रतिशतका दरले थप जरिवाना लाग्ने स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*