अमेरिकी युथ काउन्सिलको नयाँ भर्ना रोक्न माग

२६ चैत्र २०८२, बिहीबार १७:५०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–लेनिनवादी) ले अमेरिकी युथ काउन्सिलको नयाँ भर्ना रोक्न माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारले विद्यार्थी संगठनहरूमा लगाएको प्रतिबन्ध र अमेरिकी दूतावासको पहलमा नेपालमा खोलिने ‘अमेरिकी युथ काउन्सिल’को निर्णय फिर्ता लिन माग गरेको हो ।

पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकपछि महासचिव सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सरकारले विद्यार्थी संगठन माथि प्रतिवन्ध लगाउने होइन, संगठनका गतिविधिहरूलाई अनुगमन गर्ने नीति लिनु नै उपयुक्त हुन्छ’

सरकारले कानुन विपरीत विदेशी संस्थाद्वारा संचालन हुने ‘युथ काउन्सिल’ जस्ता संगठनको गतिविधिप्रति मौन रहनुले वर्तमान सरकार कसको सेवामा छ भन्ने कुरा प्रष्ट हुने मैनालीका बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*