त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य सुरक्षा लागि आधुनिक उपकरण जडान

२६ चैत्र २०८२, बिहीबार १८:४८

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रु तथा विमानस्थल प्रयोगकर्ताहरूको आकस्मिक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) जडान गरेको छ।

विमानस्थल कार्यालयका अनुसार यात्रुहरू विमानस्थल परिसरमा वा हवाई यात्रा गर्ने क्रममा अचानक बेहोस हुने, श्वासप्रश्वास रोकिने वा ढल्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो आधुनिक मेडिकल उपकरण राखिएको हो।

यो उपकरणले विशेषगरी मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका बिरामीलाई तत्काल प्राथमिक उपचार प्रदान गरी जीवन रक्षा गर्न सक्ने कार्यालयको विश्वास छ। आपत्कालीन अवस्थामा यो उपकरणले बिरामीलाई अस्पताल पुर्याउनुअघि प्रभावकारी उपचार उपलब्ध गराउन मद्दत गर्नेछ।

उपकरणको सही प्रयोग सुनिश्चित गर्न विमानस्थलका कर्मचारी र मेडिकल युनिटका कर्मचारीहरूलाई तालिम दिइसकिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भविष्यमा पनि स्वास्थ्य सुरक्षा सेवा र उपकरणको विस्तार गर्ने योजना रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*