यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ चैत्र २०८२, शुक्रबार ०६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४७.९६ रुपैयाँ र बिक्रीमूल्य १४८.५६ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक अष्ट्रेलिनय डलरको खरीददर १०४.१३ रुपैयाँ र बिक्रीदर १०४.५५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ र एक साउदी अरेबियन रियालको खरीददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.५९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदभाउ ३७.१५ रुपैयाँ र बिक्रीभाउ ३७.३० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदभाउ ९.९९ रुपैयाँ र बिक्रीभाउ १०.०३ रुपैयाँ र एक कुवती दिनारको खरीदभाउ ४८२.७४ रुपैयाँ र बिक्रीभाउ ४८४.७० रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*