सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

२७ चैत्र २०८२, शुक्रबार ०७:३३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर पठाएको छ।

गत पुस ७ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई उक्त बोनस शेयर अभौतिक (डिम्याट) प्रणालीमार्फत कारोबार गर्न सकिने व्यवस्था भइसकेको छ।

मंसिर २२ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ। त्यसपछि अभौतिकीकरण गर्ने शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर जम्मा गरिने व्यवस्था रहेको छ।

बैंकले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूलाई तत्काल आफ्नो शेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। यसो गर्दा मात्र बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

यसैबीच मंसिर २२ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का राखी डिम्याट खातामा जम्मा गरिने बताएको छ। कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित संस्थामा सम्पर्क गरी रोक्का फुकुवा गर्न बैंकले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*