उपसभामुखको निर्वाचन हुँदै, राप्रपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा

२७ चैत्र २०८२, शुक्रबार ०९:२९

काठमाडौं । आज चैत २७ गते प्रतिनिधि सभाको उपसभामुखका लागि निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ।

उपसभामुख पदका लागि दुई वटा राजनीनितक दलबाट मात्रै उम्मेदवारी परेको छ। ५ सीट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा र ७ सीट भएको श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुन लागेको हो।

प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाई बहुमत भएको कारण रास्वपाको समर्थन पाएमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने निश्चित छ। रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।

लामाको तर्फबाट प्रस्तावकमा ज्ञानबहादुर शाही र समर्थकमा राप्रपाकै सांसदहरू खुश्बू ओली, ताहिर अली र भरत गिरी रहेका छन्। अन्य बाँकी दलहरूले पनि श्रम संस्कृति पार्टीलाई नै समर्थन गर्ने बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*