एक करोड बजेटकोे ‘विपद् जोखिम बीमा ’को मस्यौदामा छलफल

२७ चैत्र २०८२, शुक्रबार १०:३१

काठमाडौं । विपद्को जोखिममा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले ‘विपद् जोखिम बीमा ’को अवधारणा अघि सारेको छ। यसका लागि प्रदेश सरकारले कार्यविधिको मस्यौदाबारे छलफल तीव्र बनाएको छ ।
सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८०÷८१ देखि नै विपद् बीमा का लागि बजेट विनियोजन गर्दै आएको छ । गत वर्ष ५० लाख बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षमा एक करोड पु¥याइएको छ । यद्यपि, कार्यविधिको अभावमा यो रकम अझै खर्च हुन सकेको छैन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख उपसचिव कोमलप्रसाद ओझाका अनुसार यसअघि विपद् बीमा को कार्यविधि मस्यौदामा जीवन बीमा लाई प्राथमिकतामा राखिएको थियो ।

सुदूरपश्चिममा हिमाल, पहाड र तराईको फरक बनोट भएकाले कृषि, दुर्घटना र सामूहिक बीमा को आवश्यकता क्षेत्र अनुसार फरक–फरक रहेकाले मस्यौदा परिमार्जन गर्न छलफल भइरहेको उनले बताए । तराईमा बाढीले बालीनाली नष्ट गर्ने हुँदा कृषि बीमा र पहाडी भेगमा जीवन तथा सम्पत्ति बीमा लाई प्राथमिकता दिइनुपर्ने आवश्यक देखिएको उनले बताए ।

मस्यौदामाथि भएको छलफलमा जीवन बीमा बाहेक अन्य क्षेत्रलाई पनि बीमा मा समेट्नु पर्ने निष्कर्ष आएको उनले बताए । नयाँ मस्यौदा चाँडै टुंग्याएर चालु आर्थिक वर्षभित्रै कार्यविधि पारित गर्ने तयारीमा रहेको उपसचिव ओझाले बताए । उनका अनुसार सुरुवाती चरणमा उच्च जोखिममा रहेका र आर्थिक रूपमा विपन्न वर्गको बीमा प्रिमियम प्रदेश सरकारले तिरिदिने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*