पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं । आज स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज.र शिखर पावर डेभलपमेन्ट को शेयर पहिलो कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्टको शेयर प्रतिकित्ता ३०० रुपैयाँ र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
यी दुबै कम्पनीको शेयर हिजो ९चैत २६ गते० बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। पाल्पा सिमेन्टले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको तीन करोड कित्ता शेयर गरी कुल तीन करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
त्यस्तै, शिखर पावर ले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी कुल ९८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले पाल्पा सिमेन्टलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र शिखर पावरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरुको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।











