एसवाई प्यानलको लकइन पिरियड कहिले सकिदैछ ?

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको ुलक(इनु आगामी वैशाख २९ गतेपछि सकिने भएको छ ।
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर वैशाख २९ गतेपछि भने कारोबार गर्न मिल्नेछ । यी शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मिति ९२०८२ कात्तिक ३० गतेदेखि लकइु मा रहेको थियो ।
कम्पनीले सर्वसाधारणमा कात्तिक १९ देखि २३ गतेसम्म ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ निष्कासन गरी कात्तिक ३० गते बाँडफाँट गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले हुन आउने ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
सर्वसाधारण बाहेक कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरेको हो ।
हाल दोस्रो बजारमा कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणमा बाँडफाँट भएको शेयर मात्र कारोबारयोग्य छ । संस्थापक, उद्योग प्रभावित स्थानीयको शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म ुलक(इनु मा रहनेछ ।कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।











