बीमा प्राधिकरणद्धारा एक बर्षमा २१ नयाँ र १२ राईडर बीमालेख स्वीकृत

२७ चैत्र २०८२, शुक्रबार १४:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को फागुण मसान्तसम्ममा २१ वटा नयाँ बीमालेख र १२ वटा नयाँ पूरक (राइडर) करार स्वीकृत गरेको छ ।प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले मात्रै राइडर बीमालेख स्वीकृती गराएका छन् ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले पेश गरेका २ वटा नयाँ बीमालेख र २ वटा राइडरलाई स्वीकृति दिइएको हो । यसैगरी, पहिले नै परिमार्जन भएका २ वटा बीमालेख र ५ वटा राइडरमा गरिएको संशोधनलाई पनि स्वीकृति प्रदान गरिएको छ ।

स्वीकृत बीमालेख तथा पूरक करारहरूमा महिला लक्षित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ समेत रहेको छ । यस योजनामा गर्भावस्थामा हुन सक्ने जटिलतालाई मध्यनजर गर्दै ‘गर्भावस्था जटिलता सम्बन्धी पूरक करार’ र ‘गर्भावस्था स्याहार पूरक करार’ थप गर्ने व्यवस्था गरिएको छ ।

जीवन बीमातर्फ ११ वटा बीमालेख स्वीकृत

 

जीवन बीमातर्फबाट ११ वटा राइडर बीमालेख स्वीकृत भएका छन् । आठ वटा नयाँ बीमा योजना फागुण मसान्तसम्ममा स्वीकृती भएका छन् ।
राईडर बाहेकमा सिटिजन लाइफले गुप्र इन्डोमेन्ट योजना, नेपाल लाइफले इन्डोमेन्ट कम योजना र नारी सुरक्षा जीवन बीमा योजना, सानिमा रिलायन्स लाइफको गुप्र ट्रम,एफिनिटि योजना, सन नेपाल लाइफको स्मार्ट प्रोटेक्सन, गुप्र इन्डोमेन्ट योजना, इन्डोमेन्ट कम ट्रम योजना र गोल्डेन चाईल्ड योजना स्वीकृत भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको १४ नयाँ बीमालेखलाई स्वीकृत

निर्जीवन बीमातर्फ, प्राधिकरणले १४ नयाँ बीमालेखलाई स्वीकृति दिएको छ । स्वीकृत बीमालेखमध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पर्यटन बीमा र निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना पनि अनुमतिप्राप्त भएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साना तथा मझौला व्यवसाय संरक्षण बीमा र निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना प्रस्तुत गरेकोमा प्राधिकरणले विक्री वितरणको अनुमति दिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी र सगरमाथा प्रिमियर इन्स्योरेन्स कम्पनीले निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना पेश गरेका छन्, जसलाई प्राधिकरणले अनुमति प्रदान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको ‘शिखर मोटर विस्तारित वारेन्टी बीमा योजना’ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ‘अजोड मोटर विस्तारित वारेन्टी बीमा योजना’ पनि स्वीकृत गरिएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तुत गरेको ‘निर्माण परियोजनाका लागि व्यावसायिक क्षतिपूर्ति बीमा योजना’ र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको ‘सम्पत्ति बीमा अन्तर्गत थप आवरण र ओरियन्टल ओभरसिज मेडिक्लेम बीमा योजना’ समेत अनुमतिप्राप्त भएको छ ।


प्राधिकरणका अनुसार, बीमालेख निर्माण र बिक्री प्रक्रिया नियमनको अन्तर्गत नै गरिन्छ । कम्पनीहरूले आफैंले बीमालेख तयार गर्न सक्ने भए पनि प्राधिकरणको अनुमति बिना कुनै पनि बीमालेख बिक्री गर्न पाउँदैनन् । प्रस्तावित बीमालेखको मूल्याङ्कन गरी आवश्यक ठानेमा मात्र प्राधिकरणले बिक्री अनुमति दिने व्यवस्था छ ।

बीमालेख निर्माणमा सम्भावित जोखिमको मूल्याङ्कनले महत्वपूर्ण भूमिका खेल्छ । भौगोलिक बनावट, वातावरण, जीवनशैली, आम्दानी स्तर तथा अन्य सामाजिक–आर्थिक कारकहरूले जोखिम निर्धारण गर्ने हुँदा बीमालेख पनि भौगोलिक र सामाजिक सन्दर्भ अनुसार फरक हुनुपर्छ ।

नेपाली बीमा बजारमा भारतीय बीमा योजनाको नक्कल गरेर योजना बनाउने परिपाटी चल्दै आईरहेको छ । नेपाली परिवेश सुहाँउदो बीमा योजना नभएको भन्दै बेला बेला बीमा विज्ञहरुले यी बिषयमा झक्झकाउने गरेको पाइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*