दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२७ चैत्र २०८२, शुक्रबार १५:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ। नेप्सेमा आज शिखर इन्स्योरेन्स कम्पनी र कालिका लघुवित्तको शेयर सूचीकृत भएको छ।

शिखर इन्स्योरेन्स कम्पनी कम्पनीको कुल १७ लाख ८४ हजार ६ सय ८८ कित्ता बोनस शेयर शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस सूचीकृत भएको हो ।

कालिका लघुवित्तको ४ लाख ७ हजार ६ सय ९२ कित्ता बोनस शेयर शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस सूचीकृत भएको हो ।

उक्त बोनस शेयर आगामी कारोबारबाट दोस्रो बजारमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*