जनउत्थान सामुदायिक लघुवित्तको १६औं वार्षिकोत्सव: रक्तदानसहित सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा चैत्र २७ गते का दिन संस्था स्थापनाको १६औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि मनाएको छ ।
संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर वीके, संस्थाका पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्मा, सञ्चालक यज्ञ विक्रम शाही, गुरुराज बरुवाल, दिपक बि.क., जनउत्थान सामुहिक गितका संगितकार सुरशे सेन्चुरी लगायत संस्थाका कर्मचारीहरु, रक्तदाताहरुको उपस्थितीमा संस्थाको केन्द्रीय कार्यालय परिसर बुटवल–१०, कालिकानगर रुपन्देहीमा सो कार्यक्रम सम्पन्न भएको हो । १६औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथिद्वारा जनउत्थान सामुहिक गित सार्वजनिक गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, ग्राहक, शेयरधनि र सर्वसाधरण गरी ३९ जनाले रक्तदान गरेका थिए । संस्थाले बार्षिकोत्सवका अससरमा शाखा कार्यालयहरु मार्फत समेत विभिन्न कार्यक्रम तथा रचनात्मक क्रियाकलापहरु सम्पन्न गरेको छ । संस्थागत समाजीक उतरदायित्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको संस्थाले हरेक बर्ष बार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । वार्षिकोत्सवका अवसरमा जनउत्थान गान सार्वजनिक गर्दै संगितकार शुरेस सेन्चुरिलाई प्रशसापत्र प्रदान गर्नुका साथै रक्तदाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
१६औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा सञ्चालन कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सरसफाई कार्यक्रम, बिउ बिजन वितरण, रक्तदान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, सदस्य तथा अविभावक भेला कार्यक्रम, मन्दिर परिसर सरसफाई लगाएतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा सञ्चालन कार्यालयहरुबाट सृर्जनात्मक तथा रचनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गराए ।

वित्तीय संस्थाले आफ्नो १६औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत हाल सम्म करिव ६२,४०५ जना समुह सदस्यहरुका माझ प्रत्यक्ष रुपमा सेवा पु¥याउनुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्वसंग सम्बन्धित सेवाहरु समेत प्रवाह गर्दै आईरहेको छ ।











