माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने
२९ चैत्र २०८२, आईतवार १०:३६

काठमाडौँ । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आगामी वैशाख २० गतेका लागि आव्हान गरेको हो ।
सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने छ ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने समेत एजेण्डा रहेको हो ।











