बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
२९ चैत्र २०८२, आईतवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको हो ।











