किन भयो इरान र अमेरिकी वार्ता निष्कर्षविहीन

२९ चैत्र २०८२, आईतवार ११:०७

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स नेतृत्वको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी विशेष सरकारी विमानमार्फत अमेरिका प्रस्थान गरेका हुन्। सञ्चारमाध्यमका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबादबाट फर्किएको पुष्टि गरेका छन्।

इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति भेन्सले करिब २१ घण्टा लामो छलफल भए पनि अमेरिका र इरानबीच कुनै सम्झौता हुन नसकेको बताएका छन्। उनका अनुसार अमेरिकाले राखेका सर्तहरू इरानले स्वीकार गरेन।

यता इरानले पनि इस्लामाबादमा भएको वार्ता कुनै सहमति बिना नै समाप्त भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्ना अत्यधिक मागहरू राख्न बन्द गर्नुपर्ने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*