सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया अघि बढ्यो, प्रारम्भिक मस्यौदामा सुझाव संकलन जारी

२९ चैत्र २०८२, आईतवार १२:४४

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐन संशोधनका लागि तयार पारिएको प्रारम्भिक विधेयकको मस्यौदा सार्वजनिक गर्दै राय तथा सुझाव संकलन गर्ने तयारी गरेको हो ।

कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट सुझाव लिन थालेको जनाएको छ । विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) अनुसार विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गरी राय माग गर्नुपर्ने व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको हो । सोही अनुसार आगामी वैशाख १ गतेसम्म राय तथा सुझाव पठाउन आग्रह गरिएको छ ।

सुझाव संकलनपछि प्राप्त प्रतिक्रियाका आधारमा मस्यौदा परिमार्जन गरी सम्बन्धित मन्त्रालयमा पठाइनेछ । त्यसपछि मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विधेयक संघीय संसदमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ ।

संशोधनका लागि तयार पारिएको विधेयकलाई ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८२’ नाम दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*