दक्षिणकालीको रानीमडाँडामा कार भिरबाट खस्दा एक जनाको मृत्यु

२९ चैत्र २०८२, आईतवार १५:४३

काठमाडौँ । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.बि. ५२८१ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर तल खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*