चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले आईपीओ निष्कासन गर्ने
२९ चैत्र २०८२, आईतवार १६:४९

काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले आईपीओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ । साधारण सभाले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र ६ जना सञ्चालक निर्विरोध चयन गरिएको हो ।
होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको छ ।











