प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग छलफल गर्ने
२ बैशाख २०८३, बुधबार ०७:३४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज वैशाख २ गते बुधबार प्रतिनिधि सभाका सबै समानुपातिक सांसदसँग छलफल गर्ने भएका छन्।
छलफल आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा हुनेछ। छलफलको क्रममा समानुपातिक सांसदहरूलाई आआफ्नो क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न भनिएको छ।
बालेनले यसअघि प्रत्येक प्रदेशबाट प्रत्यक्ष रूपमा निर्वाचित सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसबेला समानुपातिक सांसदलाई छलफलमा नबोलाएको भन्दै कतिपय समानुपातिक सांसदले आपत्ति पनि जनाएका थिए।











