प्रतिकित्ता १४० रुपैयाँमा मुक्तिनाथ विकास बैंकको शेयर लिलामीमा, सबैले किन्न पाउने

२ बैशाख २०८३, बुधबार ०९:२६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। बैंकले सबैले खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा राखेको हो।

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ कायम गरेको छ। शेयर खरीद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण शेयर माग गर्न सकिनेछ।

यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित सममार्गमा रहेको सानिमा क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ। बोलपत्र वैशाख ८ गतेदेखि वैशाख १६ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

बिक्री अवधिभर परेका बोलपत्रहरू वैशाख १७ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*