प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको १४ लाख शेयर सर्वसाधारणका लागि खुला

७ बैशाख २०८३, सोमबार ०७:१४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो। संस्थापक शेयर खरीद–बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य शेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार यसअघि सूचना प्रकाशित गरिएको थियो।

तर तोकिएको अवधि (३५ दिन) भित्र कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी पुनः शेयर बिक्रीमा राखिएको हो। इच्छुक योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति (वैशाख ७ गते)ले ३५ दिनभित्र काठमाडौंको नारायणहिटीपथ स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*