एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

७ बैशाख २०८३, सोमबार ०९:१६

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको वैशाख ४ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्याउनु पर्ने रकमहरूको व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दै लैजाने उद्देश्यले संस्थाको शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिमको गत आर्थिक वर्षको वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*