सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वसहित देशभर कार्यक्रम

७ बैशाख २०८३, सोमबार १८:२६

काठमाडौँ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०८३ बैशाख ७ गते १९ वर्ष पूरा गरि २० बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ । यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार गा्रहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकले कूल निक्षेप करिव रु २ खर्व १६ अर्व संकलन गरी कर्जा तर्फ रु १ खर्व ७७ अर्व परिचालन गरेको छ ।

बैंकले १९औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदाननै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २० शाखाहरुबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेश अन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेश अन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ५०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डिजि बैंकिङ मार्फत केवाईसी विवरणहरू अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ, जसमार्फत अब ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी सजिलै केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*