मध्यराति हात्तिगौडामा रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच गम्भिर छलफल

काठमाडौं । गएराति मध्यरातिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच हात्तिगौडास्थित अध्यक्ष लामिछानेको निवासमा गम्भिर छलफल भएको छ ।
राति करिब ८ बजेदेखि मध्यराति सम्म चलेको छलफलको मध्यराति निकै अबेरसम्म चलेको थियो । दुई शीर्ष नेताबीचमा यसरी गोप्य छलफल भएको सरकार बनेपछि यो पहिलो पटक हो । सो छलफलको बिषय बस्तु बाहिर आएको छैन । यद्यपि विवादमा परेका गृहमन्त्रीको बिषयमा दुई नेताका बीचमा छलफल भएको बुझिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन गर्ने निर्णय गरेको छ । साथै पार्टीेले बालेन शाह काठमाडौं महानगरपालिकामा मेयर हुँदा स्वकीय सचिव रहेको भूपदेव शाहलाई महामन्त्री बनाउने सम्बन्धमा हिजै निर्णय गरिसकेको छ ।
सरकार गठन भएको महिनादिन नपुग्दै व्यापक आलोचनाको सिकार भएपछिको अवस्थामा सो पार्टीका सभापति लामिछाने र बरिष्ठ नेता एवम् संससदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहबीच गम्भिर वार्ता भएको हो । इन्धनको मूल्यबृद्धि, गरिबका घर टहरा भत्काएर बितण्डा मच्चाउनमा बालेनको सरकार व्यस्त हुन थालेपछि अप्ठेरो परिस्थिति सिर्जना भएको छ । तस्विरः फाइल तस्विर











