मंगलबार बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

८ बैशाख २०८३, मंगलवार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*