परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेट, के भयो छलफल ?

८ बैशाख २०८३, मंगलवार १३:२५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षले आपसी सहयोग र सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचार–विमर्श गरेका थिए । विशेषगरी व्यापार तथा लगानीका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउनेबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*