सन् २०२५ लोकतन्त्रका लागि खतरा, तानाशाहीले गरे शासनः एम्नेस्टी इन्टरनेशनल

८ बैशाख २०८३, मंगलवार १३:२८

काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले हालै प्रकाशित गरेको विश्वव्यापी प्रतिवेदनले सन् २०२५ लोकतन्त्रका लागि एउटा ठूलो चुनौती बनेको र तानाशाहहरूको शासन बढेको देखाएको छ।

सन् २०२५ मा लोकतन्त्रका लागि प्रविधि एउटा ठूलो चुनौतीका रूपमा उभिएको र सरकारहरूले विपक्षी नेता, अधिकारकर्मी र पत्रकारहरूको जासूसी गर्न स्पाइवेयर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र दुरुपयोग भएको र फलस्वरूप नागरिकको गोपनीयता र स्वतन्त्रतामाथि ठूलो प्रहार भई डिजिटल अधिनायकवाद बढेको प्रतिवेदने देखाएको छ।

शक्तिशाली देशहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गर्दा पनि कुनै दण्ड भोग्नु नपर्ने वातावरण बनेको र यसले गर्दा विश्वभरी नै कानूनको शासन कमजोर भई अधिनायकवाद शैलीका शासकहरूलाई प्रोत्सान मिलेको उल्लेख गरिएको छ।

त्यसैगरी सन् २०२५ मा विश्वका धेरै देशहरूमा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनलाई दबाउन बल प्रयोग गरेको र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नयाँ र कठोर कानूनहरू ल्याइएको देखिएको छ। यस्ता क्रियाकलापले नागरिकहरूले आफ्नो सरकारको आलोचना गर्ने ठाउँ साँघुरिएको प्रतिवेदनले देखाएको छ।

शक्तिशाली देशहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै आफ्ना स्वार्थका लागि मानव अधिकारका मापदण्डहरूमा दोहोरो चरित्र देखाएको प्रतिवेदनमा जनाइएको छ। समग्रमा प्रतिवेदनले सन् २०२५ लाई लोकतन्त्रका आधारभूत कुराहरू न्याय, स्वतन्त्रता र समानताका लागि एउटा कठिन वर्षको रूपमा चित्रण गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*