९ महिनामा १६ लाखभन्दा बढी स्मार्टफोन आयात, सरकारलाई ६ अर्ब राजस्व

८ बैशाख २०८३, मंगलवार १४:२१

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा १६ लाख ७४ हजार २४९ थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागले वैशाख ७ गते सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ठूलो मात्रामा स्मार्टफोन भित्रिएको हो ।

स्मार्टफोन आयातका कारण कुल ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । सोही आयातबाट सरकारले ६ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको भन्सार विभागले जनाएको छ ।

पछिल्लो समय नेपाली बजारमा स्मार्टफोनको आयात निरन्तर उकालो लागि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*