प्रधानमन्त्री कार्यालयमा नेविसंघको नारावाजी, ४ जना पक्राउ
८ बैशाख २०८३, मंगलवार १६:३८

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार उनीहरूलाई सिंहदरबार परिसर भित्रबाटै नियन्त्रणमा लिइएको हो।











