भ्रष्टाचार र सेटिङमा संलग्न दुई पूर्व अर्थमन्त्रीहरुमाथि छानविनमा ढिलाई

काठमाडौं । नेकपा एमाले र माओवादीबाट पटक पटक अर्थमन्त्री पदमा बहाल रही व्यापारीहरूसँगको सेटिङमा अनेकौं धन्दा गर्ने कार्यमा संलग्न रहेका दुई पूर्व अर्थमन्त्रीहरू बिष्णु प्रसाद पौडेल र जनार्दन शर्मामाथि सरकारले छानविन प्रक्रिया अघि बढाउन ढिलाई गरिहरकोे छ ।
सबैभन्दा भ्रष्ट भनेर चिनिएका बिष्णु पौडेलले सेटिङमा दर्जनौं अपराधहरू मात्रै गरेनन, उनकै पालामा नेपाल ग्रेलिष्टमा समेत परेको थियो । त्यस्तै पूर्व अर्थमन्त्री जनार्दन शर्माले पनि व्यापारीसँग मिलेर सेटिङमा लघु बीमा कम्पनीहरूको लाइसेन्स वितरण गरेका थिए ।
जनमतको दुरुपयोग गर्दै सत्तामा पुगेपछि जनताको पक्षमा निर्णयहरू गर्नु पर्नेमा करको दर हेरफेर गर्ने, पूर्व सूचना चुहाएर व्यापारीहरूसँग अर्बांैको लेनदेन गर्नेहरूलाई भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति लिएको सरकारले निष्पक्ष छानविन र दोषी देखिएको हदसम्म कडा कारवाही गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ ।
तर, नयाँ सरकार बनेको यत्तिका दिनसम्म पनि सबैभन्दा भ्रष्ट भनेर चिनिएका दुई पूर्व अर्थमन्त्रीहरू खुलेआम ठूलो कुरा गर्दै चोकमा भाषण गर्दै हिंड्दा समेत सरकारले प्रक्रिया अघि नबढाउँदा जनता आश्चर्यमा परेका छन् ।
त्यसो त छानविन गर्नु पर्नेहरूमा पूर्व अर्थमन्त्रीहरू बर्षमान पुन, डा. प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, युवराज खतिवडा पनि हुन् । त्यस्तै पूर्व अर्थसचिव शिशिर ढुंगाना, कृष्णहरि पुस्करमाथि पनि छानविन गर्न सरकारले आनाकानी गरिरहेको छ ।











