गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
९ बैशाख २०८३, बुधबार १४:३४

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्री बालेन शाहसँग भेट गरी राजीनामा बुझाएका हुन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको थियो । सोहि कारण उनले नैतिकताको हिसाबमा राजीनामा बुझाएकाको उनको सचिवालयले जानकारी दिएको छ ।











