निर्जीवन बीमकको व्यवसाय १३.८६% ले बढ्यो, बृद्धिदरमा आक्रामक युनाइटेड अजोड र एनएलजी

९ बैशाख २०८३, बुधबार १६:४७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १३.८६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको ९ मसान्तसम्मको अवधिमा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए ।

समीक्षा अवधिमा शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् ।

चैत मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक चार अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.४८ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा ब्यवसाय २.४९ प्रतिशतले बढेर तीन अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३४.३७ प्रतिशतले बढेर तीन अर्ब ७४ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङमा उल्लेख गरेको छ ।

यता, क्रमशः सिद्धार्थ प्रिमियरको ०.४९ प्रतिशतले बढेर तीन अर्ब १२ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १३.४७ प्रतिशतले बढेर तीन अर्ब १० करोड, एनएलजि इन्स्योरेन्सको ४१.०४ प्रतिशतले बढेर तीन अर्ब १ करोड, नेको इन्स्योरेन्सको १०.४१ प्रतिशतले बढेर दुई अर्ब ७२ करोड र युनाइटेड अजोडको ३८.२६ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा द ओरियन्टलको १२.६३ प्रतिशतले बढेर दुई अर्ब ४२ करोड, सानिमा जिआईसीको ८.३३ प्रतिशतले बढेर दुई अर्ब ८ करोड, नेपाल इन्स्योरेन्सको ७ प्रतिशतले बढेर एक अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सको ४.४८ प्रतिशतले बढेर एक अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीको १.५१ प्रतिशतले बढेर एक अर्ब १४ करोड र नेशनल इन्स्योरेन्सको ११.५७ प्रतिशतले बढेर ९८ करोड रुपैयाँ कुल बीमा शुल्क पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*