छिमेक लघुवित्तको ६९ हजार कित्ता शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
१० बैशाख २०८३, बिहीबार ०७:१६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २१ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउ सकिनेछ।












