हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर
१० बैशाख २०८३, बिहीबार ०७:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४९.७८ रुपैयाँ र बिक्रीदर १५०.३८ रुपैयाँ कायम भएको छ।
त्यसैगरी यस दिन १० जापानिज येनको खरीददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.७८ रुपैयाँ र बिक्रीदर ४०.९४ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४८८.७६ रुपैयाँ र बिक्रीदर ४९०.७२ रुपैयाँ निर्धारण गरिएको छ।












