नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई हटाउने अर्थको तयारी

काठमाडौं । सरकारले लामो समयदेखि भष्ट्रचारको दलदलमा लाने नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापालाई हटाउने तयारी गरेको छ ।
तत्कालिन अर्थमन्त्री रामेशवर खनालले सरकारी स्वामित्वमा रहेको कम्पनीमाथि थापाले गरेको भष्ट्रचार र बेथितिको कारण पटक पटक दबाब दिएपनि उनले मानेका थिएनन् । अर्थमन्त्री स्वर्णिम वाग्लले सिईओ सुरेन्द्र थापालाई दबाब दिँदै आएको समेत पाइएको छ।
हिमालयन रिलाई पुनर्बिमा शुल्क तिर्दै आएको दी ओरियन्टलले पुनर्बिमा दाबी भने नेपाल रिमा गराउन बाध्य पार्ने सिइओ थापाको चलाखीले बीमा नेपाल पुनर्बीमालाई ओरालो बाटोमा लैजाने निष्कर्ष सहित अर्थमन्त्रालयले सिईओ थापालाई हटाउने तयारी गरिएको बुझिएको छ।
प्राधिकरणले नेपाल रिका सिइओ थापाले निर्देशन उल्लंघन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि प्राधिकरणले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नभएपछि कारबाही गरिएको स्रोतको भनाइ छ ।
यस्तै, पुनर्बीमा कम्पनीको पछिल्लो समय हिल्टनको विवाद मिलाउन उनले हुलदंगामार्फत बीमा कम्पनीहरुले पाँउदै आएको कमिशन घटाउने र सो रकमबाट रिकभर गर्ने प्लान बनाएको बुझिएको छ । यसअघि विवादको कारण लामो समय बिदामा बसेर विचौलियाको रकम अपचलन गरेको कारण उक्त सेटिङ्ग मिलाउन नेपाल रि नेपाल प्रहरीका साथ छिरेका सिईओ थापा उक्त विवाद मिलाउन लागि परेका छन् ।
उनले उक्त विवादित प्रस्ताव बोर्डमा लैजादा संचालकहरुले भटाभट राजिनामा दिएसँगै हाल बोर्डको कोरम नपुग्ने अवस्थामा रहेका छन् । कम्पनीमा रहेर कम्पनीको विजनेस ग्रोथमा भन्दा वैदेशिक भ्रमणमा रमाउने र भष्ट्रचारको दलदलमा फसेका सिईओ थापालाई बर्खास्त गर्ने मन्त्रालयको स्रोतबाट बुझिएको छ ।











