कार्यालय संख्या घटाउँदै नेको इन्स्योरेन्स, पाँच उपशाखा बन्द गर्ने निर्णय

१० बैशाख २०८३, बिहीबार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो शाखा तथा उपशाखा कार्यालयहरूको घटाउने भएको छ। कम्पनीले पाँचवटा उपशाखाहरूलाई बन्द गर्दै शाखामा समायोजन गर्ने निर्णय गरेको हो ।

कम्पनीद्वारा प्रकाशित सूचनाअनुसार भेसेपाटी उपशाखा, पाटन उपशाखा र कुपण्डोल शाखालाई गाभेर अब कुपण्डोल शाखा ललितपुरबाट सेवा सञ्चालन गरिनेछ । त्यस्तै इनरुवा उपशाखा र इटहरी शाखा गाभिएर इटहरी शाखाबाट सेवा दिइनेछ ।

त्यसैगरी काकरभिट्टा उपशाखा र बिर्तामोड शाखा पनि समायोजन भई बिर्तामोड शाखाबाट सेवा सञ्चालन हुने जनाइएको छ ।

कम्पनीले सम्पर्क विवरण पनि सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*